Social Icons

कविता

जनयुद्धमा एउटा साथीको मृत्युमा कोरीएको पुरानो कविता

शत्रुसँगको मुडभेटमा
उपहार पाएका ताता गोलीहरु
आगो झै निल्यौ
...मानेभन्ायाङ्ग सन्धीखर्कका
कहाली लाग्दा परिस्थितिलाई
सहज सामना गर्यौ
तिम्रा दिग्वीजय सर्वत्र थियो
तिम्रा टिठ लाग्दा सलोटहरु
हुनाहार थिए
अपसोच
तिमिले मृत्युलाई जितेनौ
मृत्यु गर्जिएको बेला
तिमिले कायरताको हात उठायौ
तिम्रो गोली थाम्ने बलिष्ट छातीले
मृत्युलाई जित्न सकेन
तिम्रा दुस्मनसँग सामना गर्ने साहसले
सास्वत सत्यलाई जितेन


तिमी धन्य थियौ
साहसी थियौ
र एक वीर योद्धा पनि
तर दुर्भाग्य
मृत्युसँग हार्यौ
सास्वत सत्यदेखि झुकेयौ
ता पनि ठूलो युद्ध जित्यौ
स्थायी युद्ध जित्यौ
अव तिम्रो संसार
ताता गोली बारुदहरुको बर्षा नहोस
तिम्रो बहादुरीता सर्वत्र फैलियोस्
तिमीलाई युद्ध मैदानका बाचेका योद्धाहरुबाट
गोलीबारुदको चपेटामा फिल्सीएकाहरुबाट
अनि मृत्यु पर्खेर बसेका
सहयात्रीहरुबाट
तिमीलाई लाख लाख सलाम । ।

०५९/६/१० फत्तेपुर