Social Icons

फत्तेपुर

फत्तेपुर................................
छाप्रीका मधुशालाहरुमा
आफ्नो दीर्ध जविन खोज्दै
'के छ र यार जीन्दगी' भन्ने
अभिव्यक्तिसँगै दिउसै
भकुण्डे चौकमा अल्मलिन्छ
फत्तेपुर……।

खोरिया जंगल र बेलका तरिले
फलेको आम्दानी
सामाजिक संघ संस्थाहरुको नाफा
कालो व्यापारको रकम
छोराछोरी पढाउने आम्दानी
दिउसै जुवा तासमा साट्छ

साझमा रक्सीसँगै हात चाट्छ
अनि साँझमै भट्टीका कान्छिहरुको
जवानी र अस्मितामा
आँखा लगाउछ
फत्तेपुर…………
कहिले पुलचोकको तङ्माले मातेको हुन्छ
कहिले मुल चौकको रक्सीले तातेको हुन्छ
यस्तै छ
फत्तेपुर………।
यो १० बर्ष अघि साउन ६ गतेको अनुभव केही सम्पादन गरेर प्रस्तुत गरिउको छ ।