Social Icons

प्रतिष्ठान डायरी

भनिन्छ–प्रहरी कार्यालय, अस्पताल र अदालत मानिस दशा लागेपछि मात्र पुग्ने ठाउँ हो । एकजना मित्र भन्दै थिए–यी तीनवटै ठाउँ झमेला, भन्झट, झन्काहरुले राज गर्ने ठाउँ हुन् । लफडा हुने ठाउँमा नजानु त भन्यो तर आपत् विपत् आइलाग्दा नगई धर पाइन्न । गएको तीन महिना अघिदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धाइयो । एकजना आफन्त बिरामी परेकाले कुरुवाको रुपमा लामो समय प्रतिष्ठान धाइयो । तीन महिनाको अवधिमा प्रतिष्ठानको दिनचर्या, सेवा र बेथीतिबारे बुझ्ने अवसर मिल्यो ।


देशमै नाम कमाएको पूर्वको एकमात्र रेफेरल सेन्टर प्रतिष्ठान आपैंm बिरामी हो कि जस्तो धेरैलाई भान हुन्छ । यहाँको गैरजिम्मेवारी, लापरवाही, हेपाहा प्रवृत्ति र बिरामीप्रतिको बेवास्ताको सीमा छैन । त्यसको प्रमाण पनि दैनिक जसो हुने बिरामी–कुरुवासँगको झगडा र मनमुटावबाट राम्ररी पढ्न सकिन्छ । डाक्टरमाथि हातपात र गालीगलौज गर्ने शाहस सबैले गर्न सक्दैनन् । सेतो एप्रोन लगाउने डाक्टरलाई भगवान् मान्ने समाजका सदस्यले अचानक आप्mना भगवान्माथि हातपात गर्ने स्थिति कसरी आयो भन्ने गहन कारण भने खोज्नैपर्ने बेला भएको छ । सधैं भगवान् भनेर पूजा गर्नेहरु ती डाक्टरमाथि त्यति बेला जाइलाग्छन्, जतिबेला उनीहरुले जिम्मेवारी बोध गर्दैनन्, बिरामी उपचारमा हेलचेत्र्mयाइँ गरिन्छ । डाक्टरहरुले कमाउ धन्दामा मात्र बढी ध्यान दिँदा बिरामी र ‘सेतो एप्रोनवाला भगवान्’ हरुको सम्बन्ध चिसिएको छ ।
पुरानो रोग
कुरा प्रतिष्ठानको आकस्मिक कक्षबाटै शुरु गरौं । डा. ज्ञानेन्द्र मल्लको कमाण्डमा चलेको आकस्मिक कक्षमा खासै नराम्रो त नभनौं तर एकले अर्कालाई नगन्ने प्रवृत्ति मौलाएका कारण केही बिरामीहरुले भने जस्तो उपचार पाइरहेका छैनन् । त्यसको उदाहरण केही महिनाअघि धरान–१५ का महेन्द्र बुढाथोकी खुट्टामा सानो घाउ बोकेर प्रतिष्ठान भर्ना भए तर उनले भर्ना भएको ३६ घण्टासम्म कुनै उपचार पाउन सकेनन् । अन्ततः सुगरका बिरामी बुढाथोकीलाई काठमाडौं लान बाध्य पारियो । शल्यक्रिया विभागको डाक्टरले वार्डमा भर्ना गर्नुपर्ने बिरामीलाई ३६ घण्टासम्म आकस्मिक कक्षमा बेवारिसे अवस्थामा राखिएको बिरामीका आफन्तहरुले गुनासो गरिरहेका थिए । अब यो घटनालाई डाक्टरको लापरवाही भन्न मिल्ने कि नमिल्ने ? यी र यस्ता घटना प्रतिनिधि घटना हुन् । धेरै घटना परिघटनाले प्रतिष्ठान भरिपूर्ण छ ।
डाक्टर, नर्सको अपर्याप्तता, बेडको अभाव, बिरामीको बढ्दो चाप यहाँको पुरानै रोग हो । यो रोग निको पार्न त के, रोकथामका लागि पनि पहल भएको पाइँदैन । यही कारणले पनि धेरै रोगीहरु उपचार पाइरहेका छैनन् । समस्याका चाङ देखाएर चिकित्सक तथा प्रतिष्ठान प्रशासन भाग्दै आएको धेरै वर्षहरु बितेका छन् । गुणस्तरीय सेवा–सुविधा नपाएर आफन्त गुमाउनेहरुले यी समस्या बुभ्mलान् त ? यो पुरानो रोगको निदान त प्रतिष्ठानले बेलामा खोज्नुपर्ने हो तर खोजेको छैन । यही भएर भगवान् भनेर डाक्टरलाई नमस्ते गर्ने हातहरु तोडफोड र हातपात गर्न बाध्य भइरहेको अवस्था छ ।
अटेरी डाक्टर
यहाँ एउटा अर्काे समस्या पनि छ । महत्वपूर्ण विभागका विभागीय प्रमुखहरु सबै भीसीका क्यान्डिडेट हुन् । अघिल्लो वर्ष भीसी हुन धेरैले दौडधुप गरे । सर्जरी विभागका प्रमुख डा. सीएस अग्रवाल, मेडिसिन विभागका प्रमुख, डा. प्रह्लाद कार्की, नाक–कान–घाँटी विभागकी प्रमुख डा. संगीता भण्डारी (हाल पाटन हस्पिटलको भीसी), रेडियोलोजी विभागका प्रमुख आरके रौनियार, फरेन्सिक विभागका डा.बीएन यादवलगायतले भीसी हुन निकै दौडधुप गरे । पैसाको निकै ठूलो चलखेल भएको बजारभरि हल्ला पनि चलेकै हो तर यो दौडमा उनीहरुले सफलता पाएनन् । प्रा.डा. बीपी दासले भीसीको दौड जिते । भीसी हुन नपाएका कतिपय डाक्टरहरु प्रशासनप्रति असहयोगी बनेका छन् । उनीहरुको अटेरीपनको नकारात्मक परिणाम बिरामीकै भागमा पर्छ । एउटा विभागले भनेको अर्काे विभागले नस्वीकार्ने अर्काे रोग प्रतिष्ठानमा थपिएको छ । ‘मेरो योगदानले प्रतिष्ठान चलेको छ’ भन्ने केही डाक्टरहरुको मपाईत्वले प्रतिष्ठान ओरालो लागेको धेरैको बुझाइ छ । यो यथार्थ पनि हो । प्रशासनिक विभागमा कुनै सिनियर डाक्टरका बारेमा उजुरी लिएर गयो भने त्यस डाक्टरलाई नदेखाइनु नै राम्रो भन्ने सल्लाह दिन्छन् । गलत काम गर्ने तथा प्रशासनलाई अटेर गर्ने डाक्टरलाई प्रशासनले कारबाही गर्न सकिरहेको छैन । जुनियर डाक्टर वा कर्मचारीले केही गल्ती ग¥यो भने सिधै कारबाही हुन्छ तर ठूला डाक्टरहरुका कमीकमजोरीप्रति कसैले आंैला उठाउन सक्दैनन् । केही दिनअघि हाडजोर्नी विभागअन्तर्गतका एकजना प्राविधिक अन्यत्र पैसा कमाउन गएको आरोपमा कारबाहीमा परे तर सिनियर डाक्टरहरु बिरामीलाई निजी ल्याबमा पठाउने, निजी क्लिनिकमा गएर काम गर्ने तथा निजी क्लिनिकमा लगानी गर्ने गरिरहेका छन् । यस्ता डाक्टरहरु प्रतिष्ठानमा धेरै भए पनि प्रशासनले कारबाही गर्ने शाहस जुटाउन सक्दैन । यहाँका चिकित्सहरुले बाहिर गएर काम गर्न नपाउने प्रावधान छ । तथापि निजी क्लिनिकमा काम गर्न जाने डाक्टरहरुको कमी छैन । यो कुरा प्रशासनलाई थाहा भए पनि थाहा नपाएभैंm गरेर बसेको छ ।
कमाउ धन्दामा डाक्टर
डाक्टरहरुले कमाउन नपाएर धेरैपटक प्रतिष्ठानमा आन्दोलन पनि भएको छ । त्यो क्रम जारी छ । प्रतिष्ठान ऐनअनुसार यहाँ काम गर्ने डाक्टरले अन्यत्रका क्लिनिकमा गएर काम गर्न पाउँदैनन् । कमाइ कम भयो भनेर बेलाबेलामा डाक्टरहरुले आन्दोलन गर्ने गरेका छन् । प्रतिष्ठान प्रशासनले डाक्टरहरुको हितमा प्रतिष्ठानभित्रै निजी सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ । जसलाई पेइङ सेवा भनिन्छ । पेइङबाट अधिकांश सेवाको ८० प्रतिशत डाक्टरलाई र २० प्रतिशत प्रतिष्ठानलाई आम्दानी हुने गर्छ तर यतिले डाक्टरहरुलाई पुगेको छैन । धरानका निजी क्लिनिकहरुमा सुटुक्क धाउन छाडेका छैनन् । मोटो प्रतिशत रकम निजी क्लिनिकहरुबाट पाउने भएपछि भीडीयो एक्सरे, इसीजीलगायतका ल्याब टेष्ट गर्न बिरामीलाई उनीहरु बाहिर पठाउँछन् । शल्यक्रिया विभागमा आउने बिरामीले ल्याब टेष्ट बढी गर्नुपर्छ । बाहिरका ल्याब सञ्चालकहरुले शल्यक्रिया विभागका डाक्टरहरुलाई निकै कमिसन दिने गरेको चर्चा चल्ने गरेको छ ।
पेइङ सेवा शुरु भएपछि डाक्टरहरुले जेनेरल सेवा लिन आउने बिरामीलाई राम्रो जाँच नगर्ने गरेको बिरामीहरुले गुनासो गर्ने गर्छन् । बिरामीले आप्mनो रोगबारे प्रष्ट भन्न चाहन्छन् तर डाक्टरहरु सुन्न चाहँदैनन् । ‘भीडभाड छ, बेलुका पेइङमा आउनू । राम्रो उपचार हुन्छ’ भनेर बिरामीलाई पठाउने सँस्कार प्रतिष्ठानमा भ्mयाङ्गिँदै गएको पाइन्छ । राम्रो सेवा पाइन छाडेपछि बिरामीहरु महङ्गो शुल्क तिरेरै भए पनि पेइङमा देखाउनेहरुको संख्या बढेको छ । सप्तरीबाट आएका एकजना बिरामीले डा. सीएस अग्रवालबाट तीन महिनासम्म परामर्श लिए । फिष्टुला रोगबाट पीडित उनलाई अग्रवालले टेष्टका लागि बाहिर पनि पठाए, पेइङमा पनि बोलाए । अप्रेशन पेइङबाटै गर्न उनले सल्लाह दिए तर १७ हजार तिर्न इन्कार गरेपछि उनले बिरामी नै विभागका अर्का डाक्टरलाई जिम्मा लगाइदिए । आपूmलाई आम्दानी नहुने देखेपछि आप्mनो निगरानीमा रहेका बिरामी नै अर्का डाक्टरकहाँ पठाए ।
यो एउटा उदाहरणमात्र हो । यस्ता घटना धेरै दोहोरिएको बिरामीहरुले गुनासो गर्ने गरेका छन् । डाक्टरहरुको प्रवृत्तिले बिरामी रोगमुक्त हुन सकेका छैनन् भने अर्कातिर प्रतिष्ठानले आर्थिक रुपमा संकट व्यहोर्नु परिरहेको छ । प्रतिष्ठान दुब्लाउँदै गएको छ तर यहाँका पहुँचवाला डाक्टर मोटाउँदै गएका छन् । पेइङ पनि पहुँचवाला डाक्टरहरुको मात्र पकडमा छ ।
व्यावसायिकताको चर्को दौड र समाजमा बढ्दो दण्डहीनताले अस्पतालहरु बिगिँ्रदै गएका छन् । बिरामी जाँच्न छाडेर राजनीतिक आडमा सधैं एकले अर्कोलाई लडाउने फोहोरी खेलले प्रतिष्ठान पनि ओरालो लाग्दै गएको छ । यहाँका विशेषज्ञ डाक्टरहरुले आप्mनो हैसियत गुमाउदै जाँदा यहाँ आउने बिरामीहरुको विश्वास पनि गुमाउँदै गएका छन् । नैतिकता, इमान्दारीता र सेवाको भावनाले ओतप्रोत हुनुपर्ने ‘भगवान्’ हरु किन पैसामुखी र गैरजिम्मेवार बन्दैछन् ? यस विषयमा स्वास्थ्य संस्था, डाक्टर, सर्वसाधारण, नागरिक समाज र सरकार सबले चासो देखाउने हो कि । ‘भगवान्’ हरुलाई आप्mनो आसनमा बस्न सक्ने वातावरण र ‘हामी रोगीका लागि भगवा् नै हौं’ भन्ने आत्मबोध गराउन सके पक्कै पनि उनीहरुमाथि हातपात हुने छैन । सेवा दिने डाक्टर साहेबहरुलाई समाजले देउता नै मान्नेमा दुई मत छैन ।
ओरालो लागेको प्रतिष्ठानको साख बँचाइराख्न प्रतिष्ठान प्रशासन पनि गम्भीर हुनैपर्छ । अनेक बहाना देखाएर सेवा–सुविधाबाट वञ्चित गरिरहने हो भने ‘हाम्रो प्रतिष्ठान राम्रो प्रतिष्ठान’ जपेर कोही बस्दैनन् । राम्रो, भरपर्दो उपचारको विकल्प खोज्नेछन् । प्रतिष्ठान प्रशासन, डाक्टर अनि साझेदारी सरकारलाई पनि चेतना होस् ।