Social Icons

धरानमा व्यवासयिक प्याराग्लाईडिङ

  •  देबेन्द्र कार्की
धरान, १० चैतः
सहासिक खेलको परिचय बनेको प्याराग्लाईडिङ पूर्वको सुन्दर नगरी धरानमा पनि शुरु भएको छ । पोखराबाट १५ वर्षअघि व्यवसायिकरुपमा सुरु प्याराग्लाईडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक तान्न थालेको छ । प्याराग्लाईडिङमा उड्नकै लागि पोखरा धाउनु पर्ने बाधयता अव हटेको छ । मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उडान भर्ने गरेका छन् । धरान तथा भेडेटार घुम्न आउने पर्यटकहरु प्याराग्लाईडिङमा पनि रमाउन थालेका छन् ।
यस्तो अवसर धरानका युवा व्इवसायी रोशन अधिकारीले जुराएका छन् ।  धरान स्काई एडभेञ्चर एण्ड प्याराल्लाईडिङ खोलेर उडान शुरु गरेका छन् । प्रालीका प्रबन्ध निर्देशक अधिकारीले १४÷१५ बर्ष अगाडिनै धरानको आकाशमा प्याराल्लाईडिङ उडाउन सकिने संभाबना देखेको बताए । ४÷५ बर्ष अगाडि पोखराका साथीहरुलाई ल्याएर धरानको सबै सेरोफेरो देखाए,उनीहरुलेपनी मन पराए त्यसैबेला उनीहरु उडेपनी अधिकारीले भने(पाईलटहरुले पनि धरानमा धेरैं राम्रो संभाबना भएको सुनाएपछि आफुले लाईसेन्स लिएर उडान शुरु गरेको बताए । ‘मैले पछिल्लो चार महिनामा झण्डै एक सय वटा उडान गरेको छु ।’–अधिकारीले भने ।  प्रालीले ६ जना पाईलट राख्ने अनुमती लिएको भएपनि पर्यटकहरु कम भएकाले हाल भने दुई जना राखेर संचालन गदैआएको छ ।   प्रालीले भेडेटार छेउ धरानको छोटी मोरङमा सात कठ्ठा जग्गा खरिद गरेर उड्ने ठाउ बनाएको छ  । अस्थाई ल्याण्डिङ प्वाईण्ट को रुपमा धरान १४ स्थित बिजयपुर स्कुलको खेलमैदानलाई प्रायोग गरेका ेछ ।  (स्थानिय निकाय र सरकारले यसको प्रचार र आबश्यक भौतिक सुबिधाको ब्यबस्था गरे यो साहसिक खेल खेल्न पर्यटकहरुको घुईचो लाग्ने उनले बताए । 
विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरिएकोहो ।  प्याराग्लाइडिङको उत्सव मानिने यो कार्यक्रमले पोखरामा मात्रै केन्द्रित प्याराग्लाइडिङलाई अब पूर्वमा विस्तार गर्न सहयोग पुग्ने बताइएको छ । आकासमा उड्न चाहनेहरु अव पोखरा धाईरहनु नपर्ने भएको छ । आकासमा उड्नलाई सौखिन धरानका युवा हिक्मत राई पोखरा जान्थ्थे । यो बर्ष भने धरानमै उड्न पाएकोमा खुशी छन् । ‘पोखराको सारङकोट भन्दा यहाँ अझ रोमाञ्जक हुन पाईने रहेछ ।’–राईले भने ।
प्याराग्लाईडिङमा नागरिक उड्ययन प्राधिकरणले दिएको क्षेत्रभित्र ६ हजार फिटमाथि सम्म उडेर रमाउन सकिन्छ । यावसायिकरुपमा उडान भर्न सोलो (एक्लै उड्ने) करिव ५ हजार घण्टा उडाउनु पर्छ । एक हजार घण्टा सोलो उडान गरेपछि मात्र टेन्डम उडानको लागि फेडेरेसन एरोनेटिक इन्टरनेश्नल (एफएआई) बाट मान्यता पाइन्छ । पाँच दिनको कोर्ष गरेर टेन्डममा (दुई जना उड्न) पाइन्छ । करिब ३० लाख रुपैयाँ खर्चेर मात्र व्यावसायिक प्याराग्लाइडिङ पाईलट बन्न सकिन्छ ।

प्याराग्लाईडिङ गर्ने उयुक्त सिजन अक्टोबरदेखि अप्रिल महिना हुन् । प्याराग्र्ला्डिङ उडान अनुमति दिंदा नागरिक उड्यन प्राधिकरणले ५० अमेरिकी डलर लिने गरेको छ ।  प्याराग्लाईडिङ सञ्चालनका लािग एक करोड रुपैया लगानी भएको उनले बताए । पर्यटकहरु लिएर प्याराग्लाईडिङ गराउन जाँदा राख्ने ठाउ र सौचालय छैन । छोटी मोरङ (भेडेटार छेउ)मा आफैले सौचालय बनाउछु भन्दापनि नपाएको उनको भनाई छ ।
धरानको आकाश पोखराको भन्दापनि राम्रो छ । धरानको मौसम र भौगोलीक अबस्थालाई हेर्ने हो भने प्याराग्लाईडिङका लािग पोखरा भन्दापनि धरान उत्तम भएको (पाईलट) यज्ञ दत्त बताउछन् । अहिले सम्म जतिपनि ठाउमा उडान गरेका छौ ति ठाउ मध्ये उत्कृष्ठ फ्लाई हुने ठाउ धरान पाएको पाईलट चोभेराम (पाईलट) पादवी गर्छन् ।
(२०७२ चैत १२ गतेको नयाँ पत्रिका दैनिकमा प्रकाशित)