Social Icons

मुलुकमा गणतन्त्र: शहीद परिवारलाई हर्ष न विस्मात


-देबेन्द्र कार्की
'अन्तरिम संविधानमा मुलुक ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक’ लेखिए पनि गणतन्त्रका लागि जीवन उत्सर्ग गरेकाहरुका परिवारलाई हर्ष न विस्मात् भएको छ । १० वर्षे द्वन्द्वबाट पीडित परिवारका लागि अझै शान्ति नआउादा र अदालतले ‘क्षतिपूर्ति दिनू’ भनेको राहत रकमसमेत नपाउादा मुलुकमा भएको परिर्वतनप्रति उनीहरुमा वितृष्णा जागेको हो । जनयुद्धको बेला सप्तरीको फत्तेपुर गाविसबाट ५ जनालाई सेनाले निर्मम तरिकाले मारेको थियो भने एक जनालाई बेपत्ता बनाएको थियो । यो ठाउा जिल्लाकै बढी शहीद हुने गाउामा गनिन्छ । ती ६ जना नै माओवादीका सक्रिय कार्यकर्ता थिए ।

‘माओवादीहरुले ‘हाम्रो सत्ता आए पछि शहीद परिवारलाई जीविकोपार्जनका लागि सक्दो सहयोग गर्छौा भने पनि अहिलेसम्म त्यो वचन पूरा गर्न नसकेको सेनाद्वारा मारिएका परिवारहरु गुनासो गर्छन । ‘सत्ता कहिले आउला भनेर भोक, अभाव गरिबीसागै जीवन जीयौा; अहिले माओवादी सरकारमा पुग्यो । अब त दिन खुले भन्ने मनमा हामीले सोच्यौा तर त्यसो हुन सकेन ’– २६ वर्षकै उमेरमा पति गुमाएकी फत्तेपुरकी निर्मला भुजेलले भनिन– ‘माओवादी कार्यकर्ता गाउाघर खाली हात आउाछन र आर्दशका कुरा मात्र छााट्छन ।’
 ‘गतिलो मन्त्रालय हाम्रो भागमा परेन, हामीले भनेका कुरा कसैले सुनेन, अब हामी एकलौटी सत्ता कब्जा गर्छौा अनि तपाईहरुलाई सहयोगको व्यवस्था गर्छौा’ भनेर माओवादीले पनि आश्वासन मात्र बााडेको  उनीहरुको गुनासो छ ।
फत्तेपुर–७ की ३५ वर्षीया उर्मिला तिम्सिना अझै श्रीमान फर्केर आउलान् कि भन्दै बाटो हेररे बसेकी छिन् । विधवा  र बेसहारा हुनुको पीडाले अझै  उनका आाखा ओभाउन सकेका छैनन् । तीन जना छोराछोरीहरुको बिल्लीबाठ भएको छ । २०५८  साल  फागुन १९ गते  भगनी मलेटको डेरीमा दूध पुर्‍याउन गएका द्वारिकाप्रसाद तिम्सिनालाई प्रहरीले  बाटैबाट अपहरण गरेर लगेको थियो ।
‘मेरा लोग्नेलाई कहाा लगे त्यसबेला खोजी गर्नका लागि काठमाण्डौ सम्म पुगो तर यता र उता देखाए; अन्तिममा पक्रेर ल्याएकै छैन भनेर गैर जिम्मेवार जवाफ दिए’ –छेउमै रहेका ३ जना बच्चा देखाउादै उनीले बिलौना गरिन् –‘यत्तिका वर्ष भइसक्दा पनि लोग्ने फर्केर आउादैनन्, यी बालबच्चा म कसरी पालूा ?’ ‘त्यो समयदेखि हालसम्म सोधीखोजी गर्नेहरुको घरमा ताात लाग्यो तर सोधीखोजी गरेर समयमात्र बर्वाद पारो, कसैले छोराछोरी पाल्न सहयोग गर्लान् कि भन्ने आशा गरे पनि कसैले हेरेनन ।, अब त कोही सोध्न आए भने मुखभरि जवाफ दिएर पठाउाछ’ु– उनी निरास हुादै भन्छिन् ।
ठ्याक्कै यस्तै पीडा छ, फत्तेपुरकै ३३  वर्षीया जसोदा भट्टराईको पनि ।  उनका श्रीमान् पर्शुराम भट्टराईलाई  २०६० असोज १०  गते खोटाङको छितापोखरी, स्यालगौाडा भन्ने ठाउामा सेनाले गोली हानेर मारिदिए । भट्टराई त्यसबेला माओवादीको आर्थिक फााटमा कार्यरत थिए ।
श्रीमान सम्झिदै उनी भक्कानिएर रुन्छिन ।  वेद्नामा डुबेर उनी भन्छिन्,– ‘त्यसबेला कुकुरबिरालाझै जुध्थे अहिले भने मिलेका छन । मेरा श्रीमान्लाई अनाहकमा मारिदिए । छ जनाको परिवार अहिले बिचल्ली परेको छ । काम गर्ने र अलि बलियो बाङ्गो घरमूली भनेकै उहाा हुनुहुन्थ्यो, उहाानै नभएपछि परिवारको बिजोग भएको छ ।’
‘जनताको खातिर जीवन बलिदान दिए श्रीमान्ले तर त्यसको बदलामा हामीले पीडा र दु:खमात्र पायौा ।’– उनी निरास हुादै भन्छिन –‘शहीद परिवारलाई गाास–बासको व्यवस्था गर्ने भनेर माओवादीले भने तर अहिलेसम्म केही व्यवस्था गरिदिएनन्; राज्यले त झन केही गरेको छैन ।’ यस्तै दु:ख झेलिरहेकी छिन फत्तेपुर–३ की ३० वर्षीया निर्मला भुजेलले पनि । सिङ्गो परिवारको भार थामेका उनका लोग्ने राजकुमार भुजेललाई २०६० साल भदौ १० गते संकटकाल घोषणा भएकै दिन राजविराजबाट आएका सुरक्षा फौजले घरदेखि पश्चिमको जङ्गलमा लगेर निर्मम हत्या गरेका थिए । त्यसै दिन सुन्दरपुरका गंगा कटुवालको पनि हत्या गरिएको थियो ।
‘अनुहारभरि पीनले घोचेर गोली हानी हत्या गरेको त्यो दिन सम्झादा र पोशाक लगाएर आएका सुरक्षाकर्मी देख्दा उनीहरुप्रति घृणा जागेर आउछ ।’– उनी बिलौना पोख्दै भन्छिन्,– ‘मेरा लोग्ने नराम्रो बाटोमा लागेको थिए भने सुधारेको भए मेरो सिउादो त पुछिदैनथ्यो । उनको लोग्नेको हत्या गरेपछि बिहानबेलुका छाक टार्न धौधौ परेको छ । साथमा रहेका तीन छोराहरुलाई पढाउन त उनलाई झन गाह्रो भएको छ ।  सिविनले १६ वर्षीय जेठो छोरा रामु भुजेललाई कक्षा–८ सम्म पढाए पनि हाल फर्काइ दिएकाले उसको पढाइले निरन्तरता पाउन नसकेको उनी बताउाछिन ।
लोग्ने नभएपछि उनी आफौंले ज्याला मजदूरीको काम गर्दै  जीवन चलाएकी छिन् । ‘आफ्नो दर्द कसरी बिर्सने, यी बालबच्चा कसरी हुर्काउने अब,’ आाखामा टिल्पिलाएको आासु पुछ्दै उनी भन्छिन्,– ‘सेनाले मेरो लोग्ने मार्‍यो े, अब त लोकतन्त्र आयो माओवादी पनि सरकारमा पुग्यो तर पनि हाम्रो पीडा अन्त्य भएन ।’ उनी थप्छिन् –‘खै, गणतन्त्र आए पनि हामीलाई हर्ष न विस्मात् ।’
३१ वर्षीय उज्ज्वल घिमिरेका बूढा आमाबुबा पनि छोरो हराएको दिनदेखि ऊ फर्केर आउाछ कि भनेर बाटो कुरेर बसेका छन् । उज्ज्वल २०५७ सालदेखि घर छोडेर माओवादीमा हिडेका थिए । २०६१ सालमा राति घरमा आएर ‘सेनामा जागिरे दाजुलाई घर फर्काउनु नत्र कि म मर्छु कि ऊ मर्छ’ भनेर हिडेको महिना दिन नबित्दै मृत्यू भएको खबर आएको उनका परिवारका सदस्यले बताएका छन् ।  २०६१ असोज २० गते सिन्धुलीमा भएको भिडन्तमा उनको मृत्यु भएको बताइएको छ । तर, खबर भने माओवादीले २०६२ जेष्ठमा मात्र दिएको उनकी आमा लक्ष्मीदेवी घिमिरे बताउाछिन् ।
 ‘छोराको बारेमा कसैले सोधीखोजी गर्न थाल्यो भने उनी आासु थाम्नै सक्दिनन् ।’ बाउ–आमा पाल्ने कान्छो छोरो मारिएपछि उनको परिवार विप्क्षित बनेको छ । छोरा छैन भन्नेमा आफैलाई विश्वास नलागेको उनी बताउाछिन् । उज्ज्वलसागै हिाडेका फत्तेपुर–३ कै टंकबहादुर विष्ट पनि मारिएपछि उनका परिवारको पनि बिल्लीबाठ भएको छ ।
यस्तै फत्तेपुरकै दिलिप चौधरीको पनि सेनाले हत्या गरेपछि ६० वर्षीय आमा उमरवतीको बिचल्ली भएको छ । उनको हत्यापछि श्रीमती पनि अन्तै हिाडेपछि उमरवतीको विजोग भएको छिमेकीहरुले बताएका छन् । उनी मृत्यु पर्खेर बसेकी छिन् । राज्यले दिने भनेको राहत उनको मृत्युपछि के काम ?– स्थानीय युवा सञ्जीव कटुवाल भन्छन– ‘सरकारले बेलैमा उमरवतीको उद्धार गर्नुपर्छ । उनका छोराको हत्यापछि उनका परिवारले पनि कुनै राहत पाएका छैनन् ।’
सरकार–माओवादीबीच भएको विस्तृत शान्ति सम्झौता २०६३ मा ‘द्वन्द्वपीडितहरुको व्यवस्थापन सम्बन्धमा द्वन्द्वको क्रममा मारिएका परिवार तथा घाइते र अपाङ्गलाई उचित राहत व्यवस्था गरी सम्मान र पुनस्र्थापना गर्ने उल्लेख गरिएको छ । पीडितलाई राहत उपलब्ध गराउन छानविन आयोग गठन गरिने र उसको सिफारिसको आधारमा राहत दिने सरकार र माओवादीले सम्झौता गरेका छन् तर त्यो सम्झौता फगत कागजमा मात्र लेखिादा र कार्यान्वयन हुन नसक्दा शहीद परिवारमा कुनै खुशी आउन सकेको छैन ।  मुलुक गणतन्त्रात्मक हुन लागेकोमा आम नेपाली खुशी बने पनि जनयुद्धमा आफन्त गुमाउने शहीद परिवार भने खुशी हुन सकेका छैनन् । मुक्ति आन्दोलनले उनीहरुको खुशी खोसिएपछि त्यसमा मलम पट्टि लगाउन माओवादी  तथा राज्यले चासो नदेखाउादा  उनीहरु देशमा परिर्वन आउादा पनि खुशी हुन नसकेका  हुन ।
सप्तरीको फत्तेपुरमा सेनाको क्याम्प भए पनि धेरै युवाहरु माओवादीमा लागेर मुक्ति आन्दोलनमा लडेका थिए । त्यही मुक्ति आन्दोलनको क्रममा ६ हस्ती माओवादीले गुमाउनुपर्‍यो । जिल्लामा सबैभन्दा बढी शहीद फत्तेपुर गाविसबाट भएको माओवादी विधायक सूर्यनारायण यादवले बताउनुभएको छ ।
उनीहरू वर्षौंदेखि भोगिरहेको पीडा त पोख्छन् तर उनीहरूको पीडाले कसैलाई स्पर्श गर्न नसक्दा उनीहरुमा एक किसिमको विद्रोही भावना आउन थालेको स्थानियवासी बताउाछन । लोग्ने गुमाएकी निर्मला भन्छिन– ‘हामीजस्ता दु:खीको आासुले कसैलाई छोएन । अदालतले ‘द्वन्द्वपीडित परिवारलाई १/१ लाख राहत उपलब्ध गराउनू’ भन्ने आदेश दिएको टेलिभिजनमा सुनेको थिएा तर त्यो राहत यता आउन सकेन ।’
एउटै गाउामा ६ जना शहीद भएका छन् तर उनीहरुमाथि  राज्यमात्रै होइन, मानवअधिकारवादी सङ्घ/संस्था एवम् सरोकारवालाहरुले आवश्यक ध्यान नदिएको उनीहरुको आरोप छ । घरपरिवार चलाएर  बसेकाहरु मारिएपछि  परिवारले भोगिरहेको पीडामा धेरै रमिते बनेका छन् । अहिले उनीहरु जस्तै हत्या गरिएका हजारौा परिवार अभाव र गरिबीसौ आश्वासन सुनेर बााचेका छन् । यिनका बारेमा न राज्यले चासो देखाएको छ न त माओवादीले । 
बृहत् शान्ति–सम्झौतापछि सरकार–माओवादीले बेपत्ताको अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता त जनाए, तर त्यो व्यवहारमा लागू गर्न सकेनन् । बेपत्ता खोजी गर्न बनेको आयोग पनि पूरै निष्क्रिय भएको छ भने हत्या गरिएका परिवारलाइर् राहत दिलाउने निकाय पनि बेखबर छ । यो अवस्थामा आासुमा डुबेका आफन्तले लोकतान्त्रिक सरकारबाट के आश गर्ने ? सरकार र माओवादीले राहत व्यवस्था तथा पीडितका बालबच्चालाई पठनपाठनको व्यवस्था गर्न नसके पीडितहरु विद्रोहमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।
उर्मिला, निर्मला, जसोदा, लक्ष्मी जस्ता पूर्वाञ्चलमा मात्र ९ हजार द्वन्द्वपीडितहरु राहतको आसमा भोक र अभावसागै जिन्दगी बिताउादै छन् । सप्तरीमा मात्र १ सय १४ जनाका  परिवार राज्यको बेवास्ताका कारण कष्टकर जीवन बिताउन बाध्य छन । उनीहरुलाई गणतन्त्र आएकोमा कुनै हर्ष हुन सकेको छैन ।
सुनसरीको इटहरीमा एक महिनाअघि  द्वन्द्वपीडित अधिकार संरक्षण मञ्चले पीडितहरुको तर्फबाट आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारले दिन्छु भनेको क्षतिपूर्ती र उपचार रकमको कुनै पत्तो नभएको मञ्चका केन्द्रीय अध्यक्ष ललितबहादुर तामाङले बताउनुभयो ।
यता इन्सेकका सप्तरी प्रतिनिधि प्रकास खतिवडाका अनुसार द्वन्द्वको समयमा सप्तरीमा मात्र ७९ जनाको हत्या भएको छ । राज्यले २९ जना र माओवादीले ५० जनाको हत्या गरेको छ । तथ्याङ्क अनुसार हत्या गर्नेमा माओवादी अगागी छ । यसैगरी सप्तरी घर भई अन्य जिल्लामा मारिनेको संख्या १ सय १४ रहेको खतिवडाले बताउनुभएको छ । तर, हत्या गरिएका परिवारले कुनै किसिमको राहत नपाएको उहााले बताउनुभयो । पूर्वाञ्चल प्रमुख सोमराज थापाले द्वन्द्वपीडितहरुलाई क्षतिपूर्ति र उचित उपचार खर्च दिने भनेर र।ज्यले बेइमानी गरेको बताउनुभएको छ ।
दसवर्षे द्वन्द्वकालमा १३ हजार नेपालीको मृत्यु भएको र जनआन्दोलन–२ मा मृत्यु हुने २४ जनाले मात्र शहीदको सम्मान पाई उनीहरुका परिवारले सरकारबाट राहत पाएका छन् । तर, द्वन्द्वपीडितको नाममा सरकारले १२ करोड ६८ लाख ६९ हजार ८ सय ९३ रुपैयाा बााडेको शान्ति तथा पुन:निर्माण मन्त्री रामचन्द्र पौडेलले बताउनुभएको छ । मन्त्रालयले रकम पठाइसकेको छ तर  रकम क–कसले पाए भन्ने जानकारी जिल्ला प्रशासन कार्यालयहरुले नपठाएको उहाा बताउनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले भने समान किसिमले राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी सीताराम पोखरेलले बताउनुभएको छ । राज्य र माओवादी दुवैलाई राहत दिने कार्य भइरहेको उहााले बताउनुभयो । तर,  पीडितहरुले र भने राहात नपाएको गुनासो गरेका छन् ।
माओवादीको तथ्याङकमा जनयुद्वको बेला सप्तरीमा ३७ माओवादी कार्यकताहरुले ज्यान गुमाएको उल्लेख छ । माओवादीले मारेका परिवारलाई राहत वितरण गरे पनि राज्यले मारेका परिवारलाई सरकारले राहत नदिएको माओवादी विधायक एंव सप्तरी इञ्चार्ज सूर्यनारायण यादवले स्वीकार गर्नुभएको छ । राहतका लागि सात दल एवं प्रजिअलाई दबाव दिइरहेको बताउदै माओवादी विधायकहरुले विधायक कोषबाट शहीद परिवारको लागि ५ प्रतिशत रकम जम्मा गरिएको जानकारी दिनुभयो । ‘अब चााडै बााड्छौा’– उहााले भन्नु भयो ।
(सन् 2008 मा मानव अधिकार संचार प्रतिष्ठान काठमाण्डौले प्रकासन गरेको लेखमालामा प्रकासित पुरानो फिचरबाट)