Social Icons

यस्ता छन् प्राडा राजकुमार रौनियारका नयाँ कार्ययोजना

सन् १९९३ मा विपी कोईराला स्वास्थ्य विज्ञत्रान प्रतिष्ठान धरानमा हाउस अफिसरबाट सेवा सुरु गरेका प्राडा राजकुमार रौनियार स्वास्थ्य क्षेत्रमा कुनै नौलो नाम होईन । सुनसरी दुहवी नियवासी रौनियार हाउस असिर हुदै सह प्राध्यापक, प्राध्यापक हुदै लामो समय प्रतिष्ठानको रेडियोलोजी विभागको प्रमुख भएर काम गरे । रेडियोलोजी क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय पुरस्कार तथा सम्मान पाएका छन् । उनको योगदान, कार्यक्षमताको मुल्याङ्कन गर्दै हालै नेपाल सरकारका स्वास्थ्यमन्त्रिको सिफारिस र प्रतिष्ठानका कुलपति तथा सरकारका प्रधानमन्त्रिद्धारा उपकुलपतिमा नियुत्ति पाएका छन् । प्रस्तुत छ उनका कार्ययोजना र प्रतिष्ठानको सुधार गर्न अख्तियार गरेको नीतिबारे देबेन्द्र कार्कीले गरेको कुराकानीको सम्पादीत अंशः


मेरो कार्यकालको मुख्य प्राथमिकता

नेपाल सरकारका प्रधानमन्त्रि तथा स्वास्थ्यमन्त्रिले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति जस्तो पदमा रहेर सेवा गर्ने अवसर दिनु भएको छ । यसलाई मैले अवसरको रुपमा लिएको छु । मेरो कार्यकालको मुख्य प्राथमिकता भनेको अस्पतालको सेवा विस्तार नै हो । आइसियु बेड खाली नभएर अन्यत्र लादालादै विमारीको मृत्यु हुन नपरोस, प्रसुती विभागमा बेड अभावले बेथालागेकी महिला छटपटिन नपरोध, डाइलोसिसको अभावमा कुनै पनि विमारीले मृत्युवरण गर्न नपरोस । यिनै विषयमा मेरा बढि चिन्ता छ । यि समस्या हटाउन सम्बनि विभागसँग परामर्श गरेर निर्देशन पनि दिई सकेको छु । त्यससँगै गुणस्तीय शिक्षा, विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ठ अनुसन्धानको थलो बनाउने मेरो मुख्य धेय हो । यहाँ आउने विमारी छिमेकी मुलुक भारत तथा राजधानी पठाउन नपर्ने किसिमले सबै विशेषज्ञ सेवा यहाँबाट अव प्रदान हुने छ । यो मेरो अठोट हो ।


शैक्षिक तथा प्रशासनिक सुधार

दुई महिना प्रतिष्ठान उपकुलपति विहीन हुदा केही कठिनाई भएका छन् । ठूला योजनाहरु निर्णयहरु कार्यन्वयन हुन सकेका थिएनन । अव सबै समस्या हल भएर जाने छन् । मैले भनेका समस्या पुरा गर्न मलाई लाग्छ कुनै चुनौती छैन् । प्रशासनको साथ र सहयोगमा सबै समस्याको क्रमिक रुपमा पुरा हुने छन् ।

कर्मचारी चिकित्सकहरुको सहयोगको अपेक्षा

निश्चय नै समय कुरा ठिक दुरुस्त तथा प्रतिष्ठानलाई स्तरिय बनाउन सबैभन्दा ठूलो हात यहाँ सधै खटिरहने चिकित्सक तथा कर्मचारीहरुको नै छ । सबै थोक उहाँहरु न्ै हो मैले केवल समन्वय र सहजीकरण मात्र गरि दिने हो ।

चिकित्सक कर्मचारीहरुसँग पनि निरन्तर छलफलमा गरिरहेको छु । उहाँहरु प्नि उत्साही हुनु हुन्छ ।  उहाँहरुसँग समनवय, छलफल निरन्तर रहने छ । सरकारी बजेट, अन्र्तराष्टिय सहयोग अनुदानका लागि मेरो पहल हुने छ । ठूलो त्याग गरेर  अन्यत्र प्राक्टिस नगरि यहाँ सेवारत चिकित्सक तथा कर्मचारीहरुलाई क्षमता योग्यताको आधारमा उचित अवसर सृर्जन ागर्ने छु । यो मेरो दायित्व पनि हो । यस अघि रेडियोलोली विभागको प्रमुखहुदा पनि सबैको सहयोग पाएको थिए । अवका दिनमा पनि सबैको साथ र सहयोगमा प्रतिष्ठानलाई उत्कृष्ट उपचार केन्द्र तथा शिक्षालय बनाउन सकिन्छ भन्ने पूर्ण विश्वास लिएको छु ।



प्रशासनिक सुधार

यहाँको प्रशासन पुरानो संरचनामा छ । पुनःसंरचना गर्नु जरुरी छ । अवको जमना डिजिटलाईज जमाना छ । हाम्रो प्शासन पनि डिजिट प्रशासन बनाउनु पर्दछ । त्यस तिर पनि मेरा ध्यान जाने छ ।

 थप सेवा विस्तारका योजना

४ सय बेडको मात्रृशिशु स्याहार केन्द्र निर्माणानि अवस्थामा छ । सरकारको स्वीकृत परियोजना अन्तर्गत कार्डियोलोजी र अर्कोलोली सेवा विस्तारको कार्यक्रम छ । यसलाई ३ बर्ष भित्र पुरा गर्न सरकारसँग समन्वय गरिरहेको छ । जति सक्दो चाढो बनाउछौ । तीव बर्षे योजना हो । एक बर्ष विति सकेको छ । कुनै वाधा अवरोध नहोस भनेर सरकारसँग समन्वय गर्ने काम पनि भइरहेको छ । यो बन्ने वितिकै प्रसुती तथा बच्चा विभागमा हुने समस्या हटेर जाने छ । यसका साथै कार्डियोलोजी र अर्कोलोजी केन्द्र पनि एक बर्षभित्रै सुरु गरिसक्ने छौ ।

उपचारमा ढिलासुस्ती र चिकित्सकहरुले गर्ने ेबेवास्ताको समाधान

जहाँसम्म ढिला सुस्ती र बेवास्ताको कुरा छ । मलाई लाग्दैनकी यहाँ यस्तो भईरहेको छ । अस्पतालको क्षमता कम, विमारीको चाप बढि भएका कारण उपचारमा केही समस्या आएको पक्कै हो । म पनि यो प्रतिष्ठानमा स्थापना कालदेखि काम गदै आएकाले यहाँको समस्या राम्ररी बुझेको छु । सर्वसाधारणको जनगुनासोको सुनुवाई अवश्य गर्ने छु । विमारीको चाप घट्नाउने वित्तिकै सबै सामान्य हुन्छ । त्यसका लागि प्रतिष्ठानको नाममा रहेको धरान (४ स्थित छाता चौकमा रहेको जग्गामा एक्स्टेसन सेवा चाढै विस्तार गदैछौ । प्रतिष्ठानमा आउने विमारी पहिले त्यहाँ उपचार हुन्छ । सामान्य विमारी त्यही निको भएर घर फर्कन्छ । जटिल विमारी मात्र यहाँ रेफेर गरिन्छ ।  सामान्य विमारी त्यहाँ रोकिए पछि भीड, जनगुनासो आफै हराएर जाने छ । जटिल रोगका विमारीले सहज रुपमा प्रतिष्ठानको सेवा पाउने छन् ।

आकास्मीक कक्षको भीड समाधान गर्न तत्काल ४० थप बेड व्यवस्था गर्न सम्बन्धित विभागलाई निर्देशन दिइसकेको छु ।  अर्को आईसियुमा समस्या छ । १० वटा मात्र बेड छ । त्यो प्रयाप्त होईन । तत्काल २० वटा बेड थपिने छ । डाइलोसिसमा पनि १५ वटा डाइलोसिस थप्ने प्रक्रिया सुरु भई सकेको छ । मलाई लाग्छ यति भए पछि सर्वसाधारणको गुनासो गर्ने ठाँउ रहन्न । डाइनामिक सोच लिएर अगाडी बढेको छु । कुनै पनि विमारी इलाज नभएर अन्यत्र रेफर गर्न नपरोस भनेर निरन्तर लागि पर्ने छु ।

 मेरा अन्य प्राथमिकता

धेरै काम गर्न आवश्यक छ । मेरो कार्यकालमा मेरा अन्य प्राथमिकतामा प्लाष्टिक जर्सरी, युरो सर्जरी, नेफ्रोलोजी, किड्नी, कलेजो टान्सप्लान्टलगायतका सुपर स्पेसियालिटी सेवा विस्तार छन् । एक बर्ष भित्र यि सेवा संचालन हुने यहाँहरुलाई विश्वास दिलाउन चाहनछु । त्यस पछि यहाँ आएका विमारीले निराश भएर अन्यत्र जानु पर्ने छैन् ।

 सरकारलाई बुझाएको पाँच बर्षे कार्ययोजनाको मुख्य कुरा

धेरै कुरा त मैले माथि उल्लेख गरिसके । मेरो कार्ययोजनाका मुख्य कुरा सरकारले संचालन गरेका जति पनि कार्यक्रम छन् ती तीन महिना भित्र प्रतिष्ठानमा सुचारु गर्ने । डट कार्यक्रम, महिला बालबालिका विपन्न वर्गका लागि सरकारले संचालन गरेको निशुल्क कार्यक्रम तत्काल लागु गर्ने । अत्यावश्यक सेवा विस्तार गर्ने । छाताचोकमा एक्स्टेशन सेवा विस्तार । दक्ष जनशक्ति उत्पादन, गुणस्तर शिक्षा । विपन्नहरुको नेपालीका लागि सिट संख्या वृद्धि । जिल्ला अस्पताल सुधार । पहाडी भेगमा प्रतिष्ठानका सेवा विस्तार । उनीहरुलाई टेलिरेडियो, टेलिनेटवर्क मार्फत दुरजराजका सेवाग्राहीलाई सेवा दिने जस्ता कुरा समेटिएका छन् । चुस्तदुरुस्त प्रशासनिक सेवा मेरा प्राथमिकता हुन ।

सर्बसाधारणलाई मेरा भन्नु

विपी प्रतिष्ठानलाई विश्वास गरिदिनुहोस ।  प्रतिष्ठानप्रति गलत प्रचार भएको हुन सक्छ । हामीले के गर्व गर्न सकिन्छ भने विश्वका अस्पतालसाग तुलना गर्न सकिने स्वास्थ्य सेवा तथा शैक्षिक सेवा यहाँबाट प्रदान गरिदै आएको छ । विश्वमा नभएको अनुसनन तथा अविस्कार यहाँका चिकित्सकहरुले गरेका छन् । जस्तो सुकै विमारीको उपचार यहाँ हुने गरेको छ । मेसिन उपकरण अत्याधुनिक छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका चिकित्सकहरु छन् । उपचार र स्वास्थ्य शिक्षामा प्रतिष्ठान कहिल्यै कमजोर हुदैन भन्ने विश्वास दिलाउन चाहन्छु ।